सुर्खेत बराहताल १ मा माओवादीको प्यानल विजयी

सुर्खेत । बराहताल गाउँपालिका वडा नं. १ मा नेकपा माओवादीको प्यानलै विजयी भएको छ । जम्मा सात सय ४० मत खसेकोमा माओवादीका वमबहादुर बुडुवाल ‘तारा’ ले दुई सय ७५ मत ल्याएर विजयी भएका हुन् । यस्तै नेपाली कांग्रेसका उम्मेदवारले दुई सय २८, नेकपा एमालेले एक सय ७५ मत प्राप्त गरे ।

अलिलेसम्मको मत परिणा हेर्दा पालिका अध्यक्षमा पनि माओवादी नै अगाडी देखिएको छ । माओवादीबाट अध्यक्षको उम्मेदवार बेनका इश्वरभक्त सुनारले दुई सय ७७ मत पाउँदा उपाध्यक्ष भुमिसरा टोमटाले दुई सय ८३ मत प्राप्त गरेकी छन् ।

यस्तै कांग्रेसका भिम भण्डारीले दुई सय २८ र उपाध्यक्षमाम लक्ष्मी पुनले दुई सय २२ मत प्राप्त गरी माओवादीलाई पछ्याई रहेकी छिन् । एमालेका अध्यक्ष उम्मेदवार घनश्याम पाण्डेले एकसय ७५ मत पाउँदा उपाध्यक्ष दुर्गा कुमारी विष्टले एकसय ९२ मत प्राप्त गरेकी छिन् । वडा नं. १ मा मतगणना सकिएको छ । यसपछि वडा नं. २ को मत गणना हुनेछ ।