दैलेखको ठाँटीकाँधमा एमाले–कांग्रेसबीच कडा प्रतिस्पर्धा

सुर्खेत । दैलेखको ठाँटीकाँध गाउँपालिकामा एमाले–कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

ठाँटीकाँध–४ मा १११८ मध्ये, ८०४ मत गणना गर्दा एमालेबाट अध्यक्ष पदका उम्मेदवार लक्ष्मीदेवी शाहले २४३ र नेपाली कांग्रेसबाट रक्षबहादुर शाहले २४३ मत प्राप्त गरेका छन् ।

यस्तै, माओवादी केन्द्रका उमेशकुमार रावतले १६१, नेपाल मजदुर किसान पार्टीका मनराज थापाले १०६ मत प्राप्त गरेका छन् । उपाध्यक्ष नेकपा एमाले ३७२, नेपाली कांग्रेस २१९, माओवादी केन्द्र ६९, नेमकिपा १०० मत पाएको छ ।

यस्तै, ठाँटीकाँध–४ मा वडाध्यक्षमा नेकपा एमाले २६३, नेपाली कांग्रेस २७१, माओवादी केन्द्र १०८, नेमकिपा १२५ मत पाएको छ ।