खाडाचक्र एकमा माओवादीका ताम्राकार विजयी

सुर्खेत । कालीकोटको खाँडाचक्र नगरपालिका वडा न १ मा नेकपा माओवादी केन्द्रका धर्मराज ताम्राकार विजयी भएका छन् । आफ्ना प्रस्तिपर्धी कांग्रेसका छत्रबहादुर शाही र एमालेका विनोद शाहीलाई हराउँदै ताम्राकार विजयी भएका हुन् ।

ताम्राकारले २३३ मत ल्याएर वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन् भने कांग्रेसका छत्रबहादुर शाहीले १५२ र एमालेका विनोद शाहीले १३१ मत प्राप्त गरेका छन् ।