वीरेन्द्रनगरकाे वडा- १ मा काँग्रेसका खत्री विजयी

सुर्खेत ।  वीरेन्द्रनगर नगरपालिका–१ को वडा अध्यक्षमा नेपाली काँग्रेसका दिनेश खत्री निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारलाई ४१ मत बढी ल्याएर निर्वाचित भएका हुन् ।

वडा नम्बर १ को मतगणना अनुसार काँग्रेसका खत्रीले १ हजार ४८५ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गंगाराम सुनारले १ हजार ४४४ मत ल्याएका छन् । उनी २०७४ सालको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

खत्री निर्वाचित भएपछि सुभेच्छुकहरुले विजय र्याली निकालेका छन् ।