मकवानपुरमा पहिलो महिला वडाध्यक्ष कमला कुमारी वाइवा

मकवानपुर । मकवानपुर जिल्लामा स्थानीय निर्वाचन–२०७९ अन्तर्गत पहिलो महिला वडाध्यक्ष विजयी भएका छन् ।मकवानपुरको बकैया गाउँपालिका–१० मा कांग्रेसबाट उम्मेदवार रहेकी कमला कुमारी वाइवा वडाध्यक्षमा निर्वाचित भएकी हुन् ।

वाइवा निकटतम प्रतिस्पर्धी एमालेका कमलकुमार घलानलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएकी हुन् । वाइवाले ६२९ मत प्राप्त गर्दा एमालेका उम्मेदवारले ३७५ मत पाएका हुन् । उनी मकवानपुरमै पहिलो निर्वाचित हुने वडाध्यक्ष हुन् ।