वीरेन्द्रनगर-१२ मा एमालेकाे प्यानल नै विजयी

सुर्खेत । वीरेन्द्रनगर-१२ मा नेकपा एमालेका उम्मेदवार चुडामणी चपाईकाे प्यानलै विजयी भएको छ ।

वडा नम्बर १२ मा चपाईले २०६२ मत प्राप्त गर्दै वडाअध्क्षमा विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वेदप्रकाश ढकाल ८९६ मत ल्याएर पराजित भए ।

वडासदस्यमा गंगाराम लामिछानेले १७८२ मत र सन्तबहादुर सारुले १७७३ मत ल्याएर विजयी भएका छन् ।

यस्तै महिला सदस्यमा चन्द्राकुमारी धामीले १८४५ मत प्राप्त गरेकी छन् भने दलित महिला सदस्यमा यामुना नेपालीले १८८८ मतले विजयी भएकी छन् ।