सल्यानमा बस दुर्घटनामा हुँदा सात जना घाइते

सल्यान। सल्यानमा यात्रुवहाक बस दुर्घटनामा हुँदा सात जनन घाइते भएका छन् ।

शुक्रबार सल्यानको बागचौर नगरपालिका-९ पातिहाल्नबाट दाङ तुलसीपुर जाँदै गरेको त्रिशिद्वेश्वरी राप्ती यातायात प्रा.लि द्वारा संचालित ना ३ ख ३८८४ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परेर घाइते भएका सात जना मध्ये ४ लाई थप उपचारका लागि जिल्ला बाहिर रीफर गरिएको छ । तीन जनाको अवस्था भने सामान्य भएको उनीहरुको थारमारे स्थित जनप्रिय अस्पतालमा उपचार भइरहेको छ ।