आइतबार सम्पर्कविहीन भएको तारा एयरको विमान खोज्दै सेना

  ।   १६ जेष्ठ २०७९, सोमबार ०७:२७

काठमाडौं ।उडानको क्रममा आइतबार सम्पर्कविहीन भएको तारा एयरको विमान खोज्न नेपाली सेना र नेपाल प्रहरी बिहानै खटिएको छ । मुस्ताङ सदरमुकाम जोमसोमका लागि आइतबार पोखराबाट उडेको विमान सम्पर्कविहीन भएको थियो ।

तर, नेपाली सेना र प्रहरीसहितको उद्धार टोलीले सम्भावित केही क्षेत्रमा खोजी गरेपनि भेट्टाउन सकेको थिएन । सोमबार बिहानैबाट खोजीलाई निरन्तरता दिइएको छ ।

२२ जना यात्रु सवार कल साइन ‘९ एन–एइटी’ को विमान आइतबार बिहान १०.७ बजेदेखि सम्पर्कविहीन बनेको थियो । विमान जोमसोमका लागि उडे पनि सम्पर्कमा नआउदा दुर्घटनामा परेको आशंका गरिएको छ । म्याग्दीस्थित मानापाथी हिमालको फेदीतिर दुर्घटना भएको आशंका गरिएको छ ।

Next Post

सम्पर्कविहीन भएको तारा एयरको विमान थासाङ–२ मा फेला

१६ जेष्ठ २०७९, सोमबार ०७:२७
काठमाडौं । आइतबार बेपत्ता भएको तारा एयरको विमान दुर्घटना भएको स्थल फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ –२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिए । ‘भीरमा दुर्घटनाग्रस्त भएको फेला परेको उनले बताए । हिजो पोखरादेखि जोमसोमका लागि उक्त विमान उडेको थियो ।