काँग्रेसको खुलातर्फ दोस्रो दिनको मतगणना सुरु

काठमाण्डौ । नेपाली काँग्रेसको खुलातर्फ दोस्रो दिनको मतगणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा बिहान पौने ११ बजेदेखि मतगणना सुरु भएको हो । काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि गत आइतबार (आज) भएको निर्वाचनको मतगणना अझै जारी रहेको छ ।

खुला केन्द्रीय सदस्यतर्फ ९९ जना प्रतिस्पर्धामा रहेका छन् भने त्यसमध्ये ३५ जना निर्वाचित हुन्छन् । शनिबार रातिसम्म २३९३ मतपत्र गणना सकिएको थियो । आजदेखि बाँकी मतगणना हुनेछ ।