तपाइँको घोषणापत्र यो सरकारले किन लागु गर्ने भन्दै विष्णु पौडेललाई मिनेन्द्र रिजालको प्रश्न

काठमाडौं । कांग्रेस नेता मिनेन्द्र रिजालले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट समयानुकुल रहेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा  आर्थिक वर्ष २०७९–०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले बजेटमा समेटिका कार्यक्रम र रकम विनियोजनप्रति समर्थन जनाए ।

आफूभन्दा अगाडि बोलेका एमाले नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई जवाफ दिँदै रिजालले भने, ‘संसद छलेर तपाइँले ल्याउनु भएको बजेट एक पटक हेर्नुहोस् । अहिले भन्नुभएको अघिल्लो वर्ष तपाइँले ल्याएको बजेटमा समेट्नु भएको भए हुन्थ्यो नि ।

सामाजिक सुरक्षाभत्ता पाँँच हजार नपु¥याएकोमा पौडेलको असन्तुष्टिप्रति रिजालले भने, ‘तपाइँको पार्टीको घोषणापत्रको कार्यक्रम यो सरकारले किन लागु गर्ने ?
भूमिका फेरिएसँगै विचार फेर्ने प्रवृत्ति नेताहरुले त्याग्नुपर्ने बताउँदै उनले अघिल्लो वर्ष एमाले सरकारले ल्याएको बजेट पनि चुनाव लक्षित नै रहेको स्मरण गराए ।