कर्णालीका जनप्रतिधिलाई तीन दिने अभिमुखिकरण कार्यक्रम आजदेखि सुरू

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा कर्णालीका ७९ ओटै पालिकाका जनप्रतिनिधिलाई स्थानीय सरकार सञ्चालन सम्बन्धि तीन दिने अभिमुखिकरण कार्यक्रम आजदेखि वीरेन्द्रनगरमा सुरू भएको छ ।

कर्णाली प्रदेश सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजना र प्रदेश शुसासन केन्दको समन्वयमा अभिमुखीकरण सुरु भएको हो । शुक्रवार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले एक समारोहका बीच कार्यक्रमको उद्घाटन गरेका हुन् । जनप्रतिनिधिलाई स्थानीय सरकार सञ्चालनका विषयमा मुख्यमन्त्री, मुख्य सचिवलगायतले अभिमुखिकरण गर्नेछन् ।

प्रदेश सरकार र स्थानीय तहविच हुने समन्वय सहकार्यका क्षेत्रहरू, स्थानीय तह सरोकारका विषय, कानुनी प्राव्धान लगायतका बिषयमा प्रदेश सचिव आन्नद सारूले प्रकाश पारेका थिए । कार्यक्रममा स्थानीय तहका प्रमुख र उपप्रमुख, गाउँपालीका अध्यक्ष र उपाध्यक्षहरूले स्थानीय तहका समस्या र सम्भावनाका बिषयमा प्रदेश सरकार र संघ सरकारसँग सहयोग र सहकार्यमा अगाडि बढ्ने विश्वास व्यक्त गरे । तीन दिन सम्म चल्ने अभिमुखीकरणमा ७९ पालिकाका एक सय ५८ जना जनप्रतिनिधिहरुको सहभागिता रहेको छ ।