गायिका इन्दिरा जोशीले प्रेमी शरदसँग विवाह गर्दै

गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग विवाह गरेकी छन् । उनीहरुको विवाह समारोह चितवनको बाराही जंगल लजमा आयोजना गरिएको छ ।

उनले आइतबार इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गर्दै मंगलबार प्रेमी शरदसँग विवाह गर्ने जानकारी गराएकी थिइन् ।

आइतबार उनको हल्दी कार्यक्रम समेत आयोजना भएको थियो । परिवारका केही सदस्यको उपस्थितिमा आफ्नो हल्दी समारोह गरिएको उनले समाजिक संजाल मार्फत तस्बिर सार्वजनिक गर्दै जानकारी दिएकी थिइन् ।

इन्दिरा र शरद तीन वर्षदेखि प्रेममा थिए । केही समय अघि उनीहरुले हेलिकोप्टर मार्फत् सगरमाथा आधार शिविर गएर प्रपोज गरेको तस्बिर सार्वजनिक गरेका थिए ।