प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दै छ ।

बिहीबार आज दिउँसो १ बजे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

रक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिनेछन् ।

आज रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयको तर्फबाट बजेटका सन्दर्भमा उठेका विषयमा जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

सरकारले १५ जेठमा संसदमा बजेट प्रस्तुत गरेको थियो ।