भेरी नदीमा जीप दुर्घटना, दुई जनाको मृत्यु

सुर्खेत। रुकुम पश्चिमको आठविसकोट नगरपालिका-११ चिसापानी नजिकै जीप दुर्घटना भएको छ। राडीबाट रिम्नातर्फ जाँदै गरेको ग १ ज १८९७ नम्बरको जीप शनिबार साँझ दुर्घटनामा परेको हो।

दुर्घटनामा जीप चालक र सहचालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठविसकोटले जनाएको छ। चालक बाँफिकोट गाउँपालिका-८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका-११ का कमल खड्काको ज्यान गएको प्रहरीको भनाइ छ।

जीप अनियन्त्रित भएर भेरी नदीमा खसेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।