गाउँमै पुगेर लागु औषधविरुद्ध सचेतना

  ।   ९ असार २०७९, बिहीबार १६:१७

जाजकोट। प्रहरीले जाजरकोटका सबै पालिकामा लागु औषधविरुद्ध सचेतना कार्यक्रम सुरु गरेको छ । दुर्गम गाउँका विद्यालय तथा बस्तीमै पुगेर सचेतना कार्यक्रम सुरु गरेको डिएसपी सन्तोष निरौलाले बताए । यही क्रममा छुवाछुतविरुद्ध अभियान समेत सञ्चालन गरेको उनको भनाइ छ ।

बिहीबार कुशे गाउँपालिका–७ समाकोटस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा लागुऔषध ओसारपसारविरुद्ध सचेतनामुलक कार्यक्रम गरेको प्रहरीले बताएको छ । जाजरकोटमा सात पालिका छन् । सात पालिकामा चार सय ५१ भन्दा बढी विद्यालय छन् ।

Next Post

जेल परेको कुकुरले तीन महिनापछि भेट्यो मालिक

९ असार २०७९, बिहीबार १६:१७
सुर्खेत । तीन महिनादेखि डिभिजन वन कार्यालय मुगुमा थुनामा रहेको कुकरले मालिक पाएको छ । २६ फागुन ०७८ मा मुगुम कार्मारोङ गाउँपालिका–१ चितैकुनाबाट घोरल मारेको अभियोगमा मालिक च्याम्पा तामाङसहित उनका छोरा दावा छोर्देन, टासी, छिमेक तामाङ र कुकरलाई १४ चैतमा प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका व्यक्तिहरू धरौटीमा छुटेका […]