कालीकोटमा जीप दुर्घटना, चालकको मृत्यु

कालीकोट। बिहीबार कालीकोटमा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ । सुर्खेतबाट जुम्लाका लागि  छुटेको जीप दुर्घटना हुँदा पश्चिम नवलपरासी सुनबल नगरपालिका–८ का विकास आलेमगरको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।