देशका बिभिन्न स्थानमा विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला

सुर्खेत । पर्सा, झापा, काभ्रे र बर्दियामा चार जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । पर्साको वीरगन्ज महानगरपालिका–१६ स्थित सोही महानगरपालिका–४ बोखार चोक डेरा गरी बस्ने ३५ वर्षीया रिता थापा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

झापाको गौरदह नगरपालिका–९ बैगुनधुरा बस्नेत टोल बस्ने ४१ वर्षीय बुध्दराम हेमरन आफ्नै घर नजिकै रहेको बाटो छेउको नालीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । काभ्रेको पनौती नगरपालिका–६ पुन्यमाता खोलामा सोही नगरपालिका–४ ठाडो बाटो बस्ने ८१ वर्षीय बिष्णु बहादुर कार्की भन्ने अर्जुन कार्की बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

बर्दियाको बाँसगढी नगरपालिका–३ मानखोलास्थित सडक छेउमा हाल पहिचान नखुलेका करिब ६० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
सबै घटनाहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।