कञ्चनपुरमा लागूऔषध चरेससहित एक जना पक्राउ

सुर्खेत। कञ्चनपुरमा लागूऔषध चरेससहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–७, हल्दुखाल २६ वर्षीय किशन दमाई पक्राउ परेका छन् ।

उनको साथबाट ४७.५५ ग्राम लागूऔषध चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। वडा प्रहरी कार्यालय कञ्चनपुर र अस्थायी प्रहरी विट सालघारीबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार भीमदत्त नगरपालिका–१८, सालघारीस्थित नयाँ कटानको पक्की सडकखण्डबाट पक्राउ गरेको हो।