जुम्लाको तिला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

जुम्ला । जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा माओबादी केन्द्रका मोतिलाल रोकाया र उपाध्यक्षमा गोरीकला बुढा(कल्पना) विजयी भएका छन । रोकाया नेपाली कांग्रेसका एकराज चौलागाईलाई २१ मतअन्तरले पछि पार्दै विजयी बनेका हुन् । उनले एक हजार ९ सय ३६ मत प्राप्त गरेका हुन । उनका प्रतिद्वन्दी कांग्रेसका एकराज चौलागाईले एक हजार ९ सय १५ मत प्राप्त गरेका हुन ।

त्यस्तै, उपाध्यक्षतर्फ २ हजार ४ मतसहित नेकपा माओवादी केन्द्रकी गोरीकला बुढा (कल्पना) विजयी भएकी छन । उनकी निकटतम् प्रतिद्वन्दी कांग्रेसकी सुस्मा श्रेष्ठले एक हजार ८ सय ७ मत प्राप्त गरेकी हुन ।यस पटक तिला गाउँपालिकामा ६ हजार ३ सय ३१ मत खसेको थियो ।