खाँडाचक्रमा हाेम स्टे बनाउ छाैं : नगरप्रमुख शाही

कालीकाेट । कालीकाेटकाे खाँडाचक्र नगरपालिकामा नमुना हाेम स्टे निर्माणमा खाँडाचक्र नगरपालिकाले सहयोग गर्ने भएको छ । आन्तरिक तथा बाहय पर्यटकहरु भित्राउनका लागि नगरपालिकाले नमुना हाेम स्टे बनाउन लागेकाे नगर प्रमुख कमलबहादुर शाहीले जानकारी दिए ।

खाँडाचक्र नगरपालिका कालीकाेटमा रैथाने बालि खेती प्रविधि परिकार निर्माण सम्बन्धि नगर स्तरीय ३ दिने कृषक तालिम समापन कार्यक्रममा शाहीले अर्गानिक खानाले मानिसकाे शरीर स्वस्थ राख्ने बताए । यस्तै हाेम स्टेका शाखाहरु खाँडाचक्रका विभिन्न वडामा राख्ने शाहीको भनाइ छ । तालिममा सिकेका कुरा व्यवहारमा उतार्नु पर्ने सुझाव शाहीले दिए ।

उक्त कार्यक्रममा खाँडाचक्र नगरपालिका कृषि शाखा प्रमुख पशुराम काफ्लेले खाँडाचक्रका कृषकले कृषि सम्बन्धि रैथाने बालि सम्बन्धि तालिमकाे आवश्यक रहेकाे बताए । यस्तै काफ्लेले बाहिरी खानालाई जाेड दिनु भन्दा रैथाने खानालाई प्राथमिकतामा राख्न आग्रह गरे ।

यस्तै खाँडाचक्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देबेन्द्रप्रसाद श्रेष्ठले परापुर्व कालदेखि धेरै मान्छेलाई बचाउने खाना भनेको रैथाने बालि भएको बताए । हाइब्रेड, धान, ड्राईफुटहरु खानाले मान्छेकाे आयु र स्वास्थमा समस्या हुने गरेको श्रेष्ठकाे भनाइ छ । ” नुन, चिल्लो कम खाउ, रैथाने परिकारकाे खाना खाउ”, कालीकाेटमा रैथाने बालिकाे उत्पादनमा वृद्धि गराैं भएनि पनि त्यति धेरै प्रभावकारी नभएको उनले दुख व्यक्त गरे ।

खाडाचक्र नगरपालिका कृषि विकास शाखा कालीकाेटले आयाेजना रहेकाे कार्यक्रममा रैथाने बालिकाे खाजाकाे परिकार प्रदर्शन गरिएको थियाे । साे कार्यक्रममा सात वटा कृषक समहुकाे उपस्थिति रहेकाे थियाे । सम्पूर्ण कृषकलाई प्रमाणपत्र वितरण गरिएको छ ।