पहिरोले घोराही–रोल्पा सडक अवरूद्ध, सडक खुलाउन प्रशासनलाई गृहमन्त्रीद्वारा निर्देशन

सुर्खेत । गए रातिदेखि लेदोसहित पहिरो खसेपछि दाङको घोराही र रोल्पाको होलेरी जोड्ने सडक अवरूद्ध भएको छ। गृहमन्त्री बालकृष्ण खाणले उक्त सडक खुलाउन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्।घोराही उपमहानगरपालिका १३ बगाले भन्ने ठाउँमा लेदोसहित पहिरो खसेपछि सडक अवरूद्ध छ।

आज गृहमन्त्री खाणले दाङका निमित्त प्रमुख जिल्ला अधिकारी सावित्रा पुन र प्रहरी उपरीक्षक सुरेश काफ्लेलाई टेलिफोन गरी गृहमन्त्री खाणले उक्त सडक खुलाउन निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।गृहमन्त्री बालकृष्ण खाणको निर्देशनपछि अब दुई घन्टाभित्रमा सडक पुनस् सञ्चालनमा आउने बताइएको छ।