हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–३ बाट काम विशेषले सदरमुकाम सिमकोट हिँडेकी एक महिलाको बाटैमा ज्यान गएको छ । ज्यान गुमाउनेमा ६१ वर्षीया सप्पा बुढा रहेकी छन् । प्रहरीले उनी सदरमुकाम सिमकोटनजिक पुग्न लागेको बेला बाटैमा ज्यान गएको जनाएको छ ।
आइतबार बिहान ९ बजे घरबाट सिमकोटका लागि हिँडेकी उनी सिमकोटनजिकै मेलगुडीमा चार बजेतिर बेहास भएको र त्यसपछि गाडीमा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको आज अन्तिम संस्कार गरिएको छ।
![](https://aksanchar.com/wp-content/uploads/2024/03/surkhet-daigonestic.gif)
ए.के. सञ्चार । २० असार २०७९, सोमबार १८:१५