बुढीगंगा नगरपालिकाको चुनाव सम्पन्न

सुर्खेत । स्थानीय तहको निर्वाचन हुन बाँकी एक मात्र स्थानीय तह बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । बिहान ७ बजेबाट मतदान सुरु भएकोमा बेलुका ५ बजे मतदान सम्पन्न भएको छ ।

बुढीगंगा ९ को त्रिशक्ति मतदान केन्द्रमा सामान्य विवाद पछि प्रहरीले थप झडप हुन नदिने हवाई फायर गरेको सहायक जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताए ।अन्य ठाउँमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको छ,’ उनले भने,त्रिशक्ति मतदान केन्द्रमा ३० मिनेट जति मतदान रोकिए र पुनः मतदान भएको छ ।नगरपालिका १३ हजार ६ सय ५९ मतदातामध्ये कुल मत ६६। ७५ प्रतिशत मत खसेको मुख्य निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।