जनस्वास्थ्य सुर्खेतले बनायो बिपद् व्यवस्थापन सम्बन्धि जिल्ला आरहार टिम

सुर्खेत । मौसम सक्रिए भएसँगै कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिपद् व्यवस्थापन सम्बन्धि जिल्ला आरहार टिम बनाइएको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले बिपद् व्यवस्थापना सम्बन्धि जिल्ला आरहार टिम बनाएको हो । आज पत्रकारसँग अन्तरक्रिया कार्याक्रम गर्दै जनस्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको हो । माहामारी तथा बिपदु व्यवस्थापनका लागि जनस्वास्थ्य सेवाले जिल्ला आरआर टिम बनाएको हो ।

उक्त टिमको संयोजकमा कार्यालयका प्रमुख गणेशभक्त्त गौतम गरेका छन् । उक्त समूहमा संयोजक गौतमसहित सदस्यहरुमा १२ जना र जिल्लाका नौ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख सदस्य रहेका छन् ।सदस्यहरुमा अमरबहादुर राना, दयाराम पंगाली, संगिताकुमारी खड्का, घनबहादुर बुढा, उपेन्द्रबहादुर रेगामी, मेहेलकुना अस्पतालका डाक्टर सोजन सापकोटा, प्रथाकि स्वास्थ्य सेवा सालकोटका डाक्टर माधव पन्थी रहेका छन् ।

यस्तै, चिङ्गाड गाउँपालिकाका डाक्टर डाक्टर लक्ष्मण जिसी, नगर अस्पताल वीरेन्द्रनगरका डाक्टर अम्बु थापा र सदस्यहरुमा सुर्खेतका नौं वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरु रहेका छन् ।सदस्य सचिवमा उदयबहादुर विसी र जनस्वास्थ्य सेवाले आमन्त्रित सदस्यमा डाक्टर बिद्वता भट्टराई र हेमन्त शाही रहेका छन् ।