उच्च अदालत सुर्खेतले ग¥यो लक्ष्य भन्दा बढी मुद्दा फछ्र्यौट

सुर्खेत । उच्च अदालत सुर्खेतले लक्ष्य भन्दा बढी मुद्दा फछ्र्यौट गरेको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को असार २९ गतेसम्म वार्षिक कार्य योजनाको लक्ष्य भन्दा एक सय ७१ प्रतिशत बढी मुद्दा फछ्र्योट गरेको छ ।

चालु आर्थिक वर्षमा २०७९ असार मसान्तसम्ममा पाँच सय ६१ थान मुद्दा फछ्र्योट गर्ने वार्षिक लक्ष्य राखेकोमा अदालतले असार २९ गते सम्ममा सात सय ६९ थान मुद्दा फछ्र्योट गरेको हो ।

बिहीबार अदालतले पत्रकार सम्मेलन गर्दै असार २९ गतेसम्म नै वार्षिक कार्य योजनाको लक्ष्य भन्दा दुई सय ८ थान बढी मुद्दा फछ्र्योट गरेको जनाएको हो ।

यस्तै, गत आर्थिक वर्ष २०७७/०७८ मा जम्मा सात सय ३३ थान मुद्दा संख्या रहेकोमा चार सय ६८ थान अर्थात् ६३ दशमलव ७५ प्रतिशत मुद्दा फछ्र्योट भएको थियो भने यस वर्ष गत वर्ष फछ्र्योट हुन् नसकी बाँकी रहेको मुद्दा संख्या दुई सय ६५ र यस आर्थिक वर्षमा दर्ता भएका सात सय ५६ गरी जम्मा एक हजार २१ मुद्दा रहेकोमा ७५ दशमलव ३२ प्रतिशत मुद्दा फछ्र्योट भएको छ ।

अर्थात गत वर्ष भन्दा यस वर्ष १२ प्रतिशत बढी मुद्दा फछ्र्योट भएको अदालतको भनाई रहेको छ ।

जबरजस्ती करणी सम्बन्धीका मुद्दा धेरै

यस्तै, उच्च अदालत सुर्खेतमा परेका फौजदारी मुद्दा मध्ये सबै भन्दा बढी जबरजस्ती करणी सम्बन्धीका मुद्दा धेरै रेहका छन् । जसमा एक सय ७२ थान मुद्दा रहेका छन् ।

त्यस्तै, दोस्रो नम्बरमा ज्यान मुद्दा र लागूऔषध सम्बन्धी मुद्दा रहेको अदालतले जनाएको छ । जसमा ज्यान सम्बन्धी मुद्दा एकसय ८ थान र लागूऔषध सम्बन्धी मुद्दा ९१ थान रहेका अदालतले जनाएको छ ।

अंश मुद्दा १९ थान, सम्बन्ध विच्छेद १७ थान र लेनदेन मुद्दा १३ थान रहेका छन् ।

यस्तै, अदालतले २ वर्ष नाघेका कुनै मुद्दा फछ्र्योट हुन् बाँकी नरहेको र फछ्र्योट हुन नसकी बाँकी रहेका मुद्दा दुईसय ६५ थान मुद्दा मध्ये अब ८ थान मात्र मुद्दा फछ्र्योट हुन बाँकी रहेको जनाएको छ ।

फछ्र्योट हुन बाँकी रहेका दुई सय ५२ थान मुद्दा मध्ये अधिकांश मुद्दा ६ महिना भित्र दर्ता भएको मुद्दा रहेका छन् भने ६ महिना भित्रका मुद्दा एकसय ७० थान, ६ महिना देखि १२ महिना भित्रका मुद्दा ८२ थान, १२ महिना देखि १८ महिना भित्रका मुद्दा ८ थान, १८ महिना नाघेका मुद्दा ६ थान गरी जम्मा दुईसय ५२ थान मुद्दा मात्र बाँकी रहेको अदालतको भनाई रहेको छ ।