जुम्लामा पावर हाउस भत्किदा एकै घरका तीन जनाको मृत्यु

सुर्खेत । गए राती जुम्लाको हिमा गाउँपालिका-१ आचार्यलिहीमा भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा एकै घरका ३ जनाको मृत्यु भएको छ ।

गए राति करिब साढे २ बजे आयोजनाको पावर हाउसमा पानीको बहाव बढि भई पावर हाउस भासिँदा ३ जनाको मृत्यु भएको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले जानकारी दिइन् ।

घटनामा परी ज्यान गुमाउनेमा पावर हाउसमा कार्यरत चौकीदार गोरकबहादुर रावतका ३० वर्षीया श्रीमती विमला रावत र उनका दुई छोरा ९ वर्षीया भरत र ८ वर्षीया सूर्य रावत रहेका छन् । उनीहरुको शव निकाली सकिएको भन्दै थप क्षतीको विवतर संकलन भई रहेको प्रजिअ पसाइको भनाई छ । पावर हाउसभित्र सुतिरहेको अवस्थामा उनीहरुको ज्यान गएको प्रहरीको भनाइ छ ।