आज साउन महिनाको तेस्रो सोमबार, शिवालयहरुमा भक्तजनको घुइँचो

सुर्खे ।साउन महिनाको आज तेस्रो सोमबार । सोमबार शिवको प्रिय बार हो । त्यसमा पनि साउनको सोमबार देशभरका शिवालयमा दर्शनार्थीहरुको घुँइँचो लाग्ने गर्दछ । विशेषगरी साउनको सोमबार महिलाहरु व्रत बस्ने गर्दछन् । आजको दिन बाहन खरिद विक्री र मर्मतको लागि निकै राम्रो दिन मानिन्छ ।

यात्रा र नयाँ शिक्षण संस्थामा भर्नाका लागि पनि आजको दिन शुभ रहेको छ । आज विहान ०७:०८ देखि ८:४९ सम्मको समय राहुकाल रहेको छ त्यसबाहेक आजको दिन शुभ मानिन्छ । विहान ११:४४ देखि १२:३७ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समयमा कुनै नयाँ र शुभकार्य गर्न सकिन्छ ।

हिन्दू धर्म परम्पराअनुसार भगवान शिवका लागि समर्पित छ। मानिन्छ कि शिवजीको भक्तिका लागि हर समय नै शुभ मानिन्छ। पवित्र मनले पूजा गरेमा शिव आफ्नो भक्तसंग चाडै प्रसन्न हुन्छन्।सोमबारको दिन राखिने ब्रतलाई सोमेश्वर व्रतको नामले जानिन्छ। यसको आफ्नो धार्मिक महत्व हुन्छ। यसदिन चन्द्रमाको पूजा पनि गरिन्छ।

साउने सोमबार मनाउन देशभरका शिवालयहरुमा भक्तजनको घुइँचो लागेको छ । भगवान् शिवको पूजाआरधना गरी हिन्दूधर्मावलम्बीहरुले साउनका सबै सोमबार विशेष रुपमा मनाउँदै आएका छन् ।

खासगरी महिलाहरुले श्रीमानको दीर्घायू एवम् सुस्वास्थ्यको कामना गर्दै साउने सोमबार विशेष रुपमा मनाउँछन् । हातमा मेहन्दी लगाएर, हरियो–पहेंलो पहिरनमा सजिएर, ब्रत बसी भगवान् शिवको प्रार्थना गरी महिलाहरुले साउने सोमबार मनाउने चलन छ ।

साउन महिनाको सोमबार भक्तपुरको सीपाडोलस्थित केदारनाथको शिर डोलेश्वरको मन्दिर, ललितपुरका शिव मन्दिर, भक्तपुरको दत्तात्रेय मन्दिर, काभ्रेका मन्दिरहरू र पशुपति मन्दिरमा विभिन्न ठाउबाट श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ ।