मंकीपक्स बढेपछि अमेरिकाको तेस्रो राज्यमा आपत्काल घोषणा

अमेरिका। मंकीपक्स बढेपछि अमेरिकाको तेस्रो राज्यमा आपत्काल घोषणा । मंकीपक्स संक्रमणका केस बढेपछि अमेरिकाको क्यालिफोर्नियामा आपत्काल घोषणा गरिएको छ । क्यालिफोर्निया न्युयोर्क र इलिनोइस पछि रोगलाई लिएर राज्यव्यापी आपतकाल जारी गर्ने यो तेस्रो अमेरिकी राज्य हो ।

घोषणापछि मंकीपक्सबारे समन्वय गर्न, सचेतना जगाउन र थप खोपहरू सुरक्षित गर्न मद्दत मिल्ने राज्यका गर्भनर क्यालिफोर्नियाका गभर्नर गेभिन न्युजमले बताए । ‘क्यालिफोर्नियाले मन्कीपक्सको विस्तार न्यून बनाउन सरकारका सबै तहमा तुरुन्तै काम गरिरहेको छ’ गभर्नर न्यूजमले एक विज्ञप्तिमा भने ।