रुकुम पश्चिममा एक जना महिला बाटोमै सुत्केरी, अवस्था गम्भीर

रुकुम पश्चिम।रुकुम पश्चिममा एक जना महिलाले बाटोमै बच्चा जन्माएकी छन् । सुत्केरी महिलाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।त्रिवेणी गाउँपालिका–२, पानीगैराकी २७ वर्षीया करिश्मा पुनको अवस्था गम्भीर भएको हो । वर्षाका कारण आएको पहिरोले सडक बन्द भएपछि हिँडेरै स्वास्थ्य संस्था जानेक्रममा बाटोमै बच्चा जन्मिएपछि रक्तश्रावका कारण उनको स्वास्थ्य अवस्था गम्भीर भएको हो ।

करिश्मालाई हिजो बेलुकादेखि नै सुत्केरी व्यथा लागेको थियो । स्वास्थ्य संस्था पुर्याउनको लागि बिहान ६ बजे घरबाट निक्लिएको तर करिश्माले बाटोमै बच्चा जन्माएको उनकी सासुआमा कौशिला पुनले जानकारी दिएकी छन् । रुघाँ सिमर्तु सडक खण्डमा आएको पहिरोको कारण दुई हप्तादेखि सडक अवरुद्ध भएको छ ।