रूकुम पूर्वमा भएको जीप दुर्घटनामा परि चार जना घाइते

 रूकुम पूर्व । रूकुम पूर्वमा भएको जीप दुर्घटनामा परि चारजना घाइते भएका छन्। उक्त दुर्घटनामा परी जिल्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश डाँगी सहित चारजना घाइते भएका हुन । पुथा उत्तरगंगा गाउँपालिका वडा नं.११ सेरो मोडमा लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खस्दा चार जना घाइते भएका छन्।

प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दुई जना डिएसपी घाइते छन्। प्रहरीतर्फ डाँगी र सशस्त्र प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठ पनि घाइते छन्। घाइतेमध्ये गम्भीर प्रहरी जवानलाई थप उपचारका लागि अस्पताल पुर्‍याउन नेपाली सेनाको हेलिकप्टर रूकुम पुगिसकेको छ।गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाले जानकारी गराएपछि नेपाली सेनाको सुर्खेतमा रहेको हेलिकप्टर उद्धारका लागि घटनास्थलतर्फ पठाइएको हो।