२४ घण्टामा ९१९ जनामा काेराेना संक्रमण, १३ जनाकाे मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ८७८ नमुनाको पीसीआर परीक्षणमा ८३८ जना र ३ हजार १४० नमुनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा १ हजार ४२३ जना संक्रमणमुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ६३ हजार ८५७ पुगेको छ । तीमध्ये ७ लाख ३९ हजार ४५७ जना निको भएका छन् भने १० हजार ९४९ जनाको मृत्यु भएको छ ।