रोल्पाको सुनिलस्मृतिमा एक जना मृत अवस्थामा फेला

रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिका–२ खुङ्ग्रीकोटस्थित खुङ्ग्री महिला सामुदायिक वनमा खुङ्ग्रीकोट बस्ने ७९ वर्षीया लक्ष्मी कुमारी सिंह शनिबार मृत अवस्थामा फेला परेकी छिन् । गत बुधबारदेखि घरबाट निस्किएकोमा घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त वनमा उनको शव फेला परेको हो ।

त्यस्तै सप्तरीको राजबिराज नगरपालिका–४ गोरखाली टोलमा सोही ठाउँ बस्ने ४५ वर्षीय मंगलु दास शनिबार मृत अवस्थामा फेला परेका हुन् । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका–४ छापडाँडा बस्ने ४८ वर्षीया सानो कान्छी भोलन आफ्नै घरभित्र शनिबार मृत अवस्थामा फेला परेकी छन् ।

रामेछापको मन्थली नगरपालिका–१४ स्थित खोल्सामा सोही ठाउँ बस्ने ५४ वर्षीय पञ्चलाल तामाङ शनिबार मृत अवस्थामा फेला परेका छन् । गत सोमबारदेखि हराइरहेका उनको खोजी गर्ने क्रममा उक्त खोल्सामा शव फेला परेको हो । कैलालीको धनगढी उपमहानगरपालिका–१३ धनगढीस्थित सडक छेउमा सोही उपमहानगरपालिका–१३ राजपुर बस्ने ३५ वर्षीय छिता राना शनिबार मृत अवस्थामा फेला परेका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ मुडियारीस्थित कुलोमा हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । धनुषाको जनकपुर उपमहानगरपालिका–४ धनुष सागरको पूर्वी किनारमा हाल पहिचान नखुलेका पुरुष गएराति मृत अवस्थामा मृत फेला परेका छन् ।