डोटीको सायलमा खोलाले बगाएर एक बालिका बेपत्ता

डोटी । डोटीमा खोलाले बगाएर एक बालिका बेपत्ता भएकी छिन् । सायल गाउँपालिका–६ रउकल्ला बस्ने शेरबहादुर साउदकी ९ वर्षीया छोरी सीता साउद बेपत्ता भएकी अस्थायी प्रहरी पोष्ट कलेनाले जानकारी दिएको छ ।

गोरु गोठाला गएको बेला स्थानीय परिगाउँको ठूलो खोलाले बगाउँदा उनी बेपत्ता भएकी प्रहरीले जनाएको छ । खोलाले बगाउँदा बेपत्ता भएकी बालिकाको खोजीका लागि अहिले स्थानीयवासीसहित प्रहरी टोली घटनास्थलमा खटिएको छ ।