सल्यानबाट पाटेबाघ नियन्त्रणमा

  ।   २ भाद्र २०७९, बिहीबार ०८:२५

सल्यान । कालिमाटी गाउपालिका वडा नम्बर–७ घुईयाबारी बाट पाटे बाघ नियन्त्रण मा लिइएको छ ।बर्दिया राष्ट्रिय निकुञ्जको टोली, चेतन उपभोक्ता समिति तथा स्थानीयको सहयोगमा बुधबार बिहान करिब ९ बजे आसपासको समयमा पाटे बाघ नियन्त्रणमा लिइएको भेरीगंगा नगरपालिका ९५ का वडा अध्यक्ष प्रेम बहादुर सारुले बताए ।

कालिमाटी गाउँपालिका–७ मा बुधबार बिहान गोठमा बाँधेका २ वटा गोरु मारे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बाघले गोरु मारेको सुचना पाएपछि घटना स्थलमा पुगेका बर्दिया राष्ट्रिय निकुञ्जको टोली र प्रहरीले उक्त पाटे बाघ लाई नियन्त्रणमा लिएको जनाइएको छ ।

यस अघि आईतबार भेरीगंगा ५ बबई गेरुवानीका ४८ बर्षिय राम बहादुर चन्द, ६७ बर्षीय कबि वलीको पनि बाघको आक्रमणबाट ज्यान गएको थियो । आइतबार घटना भएको ठाउँ भन्दा करिब २ किलोमिटर टाढाबाट बाघ नियन्त्रण लिइएको वडा अध्यक्ष सारुले जानकारी दिए ।उनका अनुसार नियन्त्रणमा लिएको सो बाघ बाँके राष्ट्रिय निकुञ्जमा पठाईएको छ । यसअघि आइतबार २ जनाको ज्यान लिएको बाघ यहि हुन सक्ने अनुमान गरिएको उनले बताए ।

Next Post

दैलेखको कृषि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू आन्दोलित

२ भाद्र २०७९, बिहीबार ०८:२५
दैलेख । दैलेखको दुल्लु नगरपालिका रहेको कृषि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू आन्दोलित भएका छन् ।दुल्लुमा रहेको रामपुर कृषि क्याम्पस चितवनको आङ्गिक क्याम्पस सिएनआरएममा अध्ययनरत विद्यार्थीहरूले विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । विद्यार्थीहरूले ‘बिना पानी कृषिमा लगानी, छैन पानी बत्तीको निकास, छैन पूर्वाधारमा विकास, छैन कलेजको घेरवार, पाइँदैन हाम्रो शिक्षासँग गर्न […]