मुगुमा अवैध लागूऔषधसहित एक जना पक्राउ

मुगु । मुगुमा अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन् । छायाँनाथ रारा नगरपालिका–२ ढाँडमोडबाट ५ ग्राम ७ मिलिग्राम ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बर्दिया बढैयाताल गाउँपालिका–१ सितापुर बस्ने २६ वर्षीया पबित्रा बिसी थापा छन् । उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा पबित्रालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । त्यस्तै आज काठमाडौं, तनहुँबाट अवैध लागूऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।