चार दिनदेखि कालीकोट जिल्लामा विद्युत् अवरुद्ध

कालीकोट।कर्णाली प्रदेशको कालीकोट जिल्लामा चार दिनदेखि विद्युत् अवरुद्ध भएको । आइतबारदेखि गएको विद्युत् सेवा आजसम्म सुचारु भएको छैन भने विद्युत् सेवा अवरुद्ध हुँदा यहाँका नागरिक, सरकारी कार्यालय, सेवाग्राही र सञ्चारमाध्यम मारमा परेका छन् ।

कालीकोट वितरण केन्द्रका अनुसार दैलेखको आठबिस नगरपालिकाकामा माथिल्लो कर्णाली जलविद्युत् परियोजना निर्माणका लागि कालिका सामुदायिक वन र सल्लेरी सामुदायिक वनमा रुख कटान गर्दा १४ पोलमा क्षति भएकाले विद्युत् सेवा अवरुद्ध भएको हो