बनगाड कुपिण्डे नगरपालिकामा विद्यालय कर्मचारी परिषदको भेला सम्पन्न

 सल्यान। कर्णाली प्रदेशको सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिकामा विद्यालय कर्मचारी परिषदको भेला सम्पन्न भएको छ । शनिबार विद्यालय कर्मचारी परिषदको भेला बसेको थियो । विद्यालयका कर्मचारीले भदौ १ गतेदेखि विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएका छन्। सरकारले उनीहरूको माग सम्बोधन नगरेपछि उनीहरूले भदौ ५ गते थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए।उक्त कर्मचारीको भेलाले आन्दोलनलाई सहयोग पुर्याइ माग पूरा गर्ने कुरामा सकारात्मक भुमिका निभाउन सबै पक्षसँग अनुरोध गरेको छ ।

कर्मचारी परिषदको भेला उपस्थित भएर विद्यालय कर्मचारीको आन्दोलनलाई शिक्षक महासंघ नगर अध्यक्ष अकबर पुन,नेपाल राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष नारद पुन,अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि खुम प्रकाश वस्नेत,नेपाल शिक्षक संघका प्रतिनिधि रिता वलि,प्रगतिशील संगठनका पुष्कर विसिले विद्यालय कर्मचारी परिषदको जायज माग प्रती एकेवद्द्रा व्यक गरेका छन् ।

विद्यालयका कर्मचारीले भदौ १२ गतेदेखि १८ गते सम्म एक साता सामुदायिक विद्यालय बन्द गर्ने यसअघि नै घोषणा गरिसकेको छ। परिषद्को राष्ट्रिय समितिको निर्णयबमोजिम आन्दोलनका कार्यक्रमको निरन्तरता स्वरुप आन्दोलनका कार्यक्रमको रुपरेखा परिवर्तन गर्दै सरकारलाई दाबाब दिने र छलफल पनि गर्दै जाने जनाएको छ।