निर्वाचनका लागि सल्यानमा माओवादी केन्द्रद्वारा बस्नेत र मल्लको नाम सिफारिस

सल्यान । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) सल्यानमा टेकबहादुर बस्नेत र रमेश मल्लको नाम सिफारिस गरेको छ । पार्टीको बुधबार र बिहीबार लगातार दुई दिन बसेको जिल्ला समन्वय समितिको बैठकले बस्नेत र मल्लको नाम सिफारिस गरेको हो ।

बस्नेत प्रतिनिधिसभाका सांसद हुन् भने मल्ल पार्टी अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव हुन् । बैठकले समानुपातिकमा दिलमाया बुढामगर, कमल विक र रत्नबहादुर वलीको नाम सिफारिस गरेको पार्टी सचिव नीमबहादुर केसीले बताए ।

प्रदेशसभाका लागि प्रत्यक्षबाट प्रदेश ‘क’ मा भीमप्रकाश शर्मा र ‘ख’ मा चित्रबहादुर केसीको नाम सिफारिस भएको छ । त्यस्तै प्रदेश ‘क’ मा समानुपातिकबाट धर्मे बुढा, टीका बुढाथोकी, तिलककुमार विक र कल्पना पुनको नाम सिफारिस भएको छ भने ‘ख’ मा नवीन भडेल, मन्जु यरी, राधा शर्मा, लक्ष्मी बोहरा र रुद्रबहादुर घर्तीको नाम सिफारिस भएको छ ।