चरेससहित बैतडीबाट दुई भारतीय नागरिक पक्राउ

बैतडी । बैतडीबाट लागूऔषध चरेससहित प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।भारतको बिहारस्थित पश्चिम चम्पारणका २३ वर्षीय ताहिर आलम र २४  वर्षीय लालेश्वर चौधरीलाई लागूऔषध चरेसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

मंगलबार राति ९ बजे गोठालापानी बजारबाट खटिएको प्रहरी टोलीले गोठालापानी शाहिलेक पक्की सडकखण्डको छेउबाट उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट पाँच सय मिलिग्राम चरेस फेला पारेको प्रहरीको भनाइ छ ।पक्राउ परेकालाई लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।