सुर्खेतमा अवैध लागूऔषधसहित १ जना पक्राउ

सुर्खेत ।सुर्खेतमा अवैध लागूऔषधसहित १ जना पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका–३ हिलेखालीबाट ७२० मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँ डेरा गरी बस्ने दैलेख घर भएका ३१ वर्षीय रबिन शाहीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।