वीरेन्द्रनगर नगरपालिकाले अवैध संरचना हटाउन शुरु गर्यो

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले अवैध संरचना हटाउन शुरु गरेको छ । नगरपालिकाले दिनभित्र संरचना हटाउन अल्टिमेटम दिएको थियो । वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा अवैध संरचनाका क्रुप बनेको र सडक विस्तारमा कठिनाइ देखिएपछि नगरपालिकाले अल्टिमेटम अनुसार संरचना हटाउनु शुरु गरेको हो ।

नगरपालिकाले मंगलगढी चौकबाट प्रवेश गर्ने मुख्य बजार क्षेत्रमा रहेका विद्युत, नेपाल टेलिकमका पोल तथा तारहरु र सडक किनारामा रहेका अशोकका रुखहरु हटाउन थालेको छ । वीरेन्द्रनगरको मुख्य बजार क्षेत्र मंगलगढी–गणेशचौकसम्मको झण्डै एक हजार सात सय मिटर सडक विस्तार गर्नुपर्ने भएकाले सडकका दुवै किनारामा रहेका अवैध संरचना हटाउन यसअघि नै जारी सूचनाअनुसार आजदेखि काम थालिएको छ ।