प्रदेश सरकारले बाल अधिकारको संरक्षण गर्न महत्वपूर्ण काम गरेको छ –मुख्यमन्त्री शाही

सुर्खेत । प्रदेश सरकारले बाल अधिकारको संरक्षण र प्रवद्र्धन गर्न महत्वपूर्ण काम गरेको कर्णालीका मुख्यमन्त्री जीवन बहादुर शाहीको भनाई छ । आज राष्ट्रिय बाल दिवसका अवसरमा २०७९ शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले “बैंक खाता छोरीको सुरक्षा जीवनभरीको” कार्यक्रम संचालन गरि बालअधिकार संरक्षणमा महत्वपूर्ण काम गरेको बताएका छन् । उनले प्रदेश सरकारले बालअधिकार संरक्षण, प्रवद्र्धनका लागि महत्वपूर्ण काम गरेको बताएका छन् । बैंक खाता छोरीको सुरक्षा जीवनभरीको कार्यक्रम मार्फत २० हजार छोरीहरु लाभाम्बित भएका र विद्यालय तथा समुदाय स्तरमा मनोसामाजिक परामर्स कार्यक्रम संचालन गरिएको उनले बताएका छन्

विपन्न तथा जोखिममा रहेका बालबालिका सहयोग कार्यक्रम, सडक बालबालिका उद्दार तथा पुनस्थापना कार्यक्रम, विद्यालय नर्स कार्यक्रम संचालन गरिएको मुख्यमन्त्री शाहीले जारी गरेको शुभकामना सन्देश उल्लेख गरिएको छ । मुख्यमन्त्री शाहीले प्रदेश बाल अधिकार समिति गठन अन्तिम चरणमा पुगेको भन्दै प्रदेश सरकार बाल अधिकारको संरक्षणको लागि प्रतिवद्ध रहेको बताएका छन् ।