माओवादी स्थायी कमिटी बैठक बस्दै, पदाधिकारी टुंगो लगाउने तयारी

  ।   २ भाद्र २०७९, बिहीबार ०७:२९

काठमाडौं ।पदाधिकारी टुंगो लगाउने दबाबमा परेको सत्तासीन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ। बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीको टुंगो लगाउने तयारी छ ।

माओवादी बैठक बुधबार पनि बसेको थियो । माओवादीको आठौं महाधिवेशन सात महिना अघि भएको थियो । तर, महासचिवमा सहमति नहुँदा पदाधिकारीको टुंगो लाग्न सकेको छैन ।

Next Post

आठ महिनापछि मुगु अस्पतालमा विशेषज्ञ डाक्टर 

२ भाद्र २०७९, बिहीबार ०७:२९
मुगु । जिल्ला अस्पताल मुगुले विशेषज्ञ डाक्टर पाएको छ । अस्पताले करिब आधा वर्ष भन्दा बढी अर्थात् ८ महिना पछि विशेषज्ञ डाक्टर पाएको हो ।गत मंसिरमा एमडिजिपी विशेषज्ञ डाक्टर सिद्धार्थ ध्वज खाँतीले बिचमै छाडेपछि  मुगु अस्पतालमा विशेषज्ञ डाक्टरको पद खाली रित्त थियो ।  यसै समस्या लाई मध्येनजर गर्दे मंगलबार कर्णाली […]