जाजरकोटको छेडागाडमा जिप दुर्घटना हुँदा ६ जना घाइते

जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिका २ साल्मामा जिप दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् । सुर्खेतबाट दैलेखको वेस्तडा हुँदै छेडागाड नगरपालिकाका लागि छुटेको कर्णाली प्रदेश ००१ च ०३४४ नम्बरको जिप दुर्घटना हुँदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।जिप सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।

प्रहरीका अनुसार मध्यपहाडी राजमार्ग हुँदै आएको जिप छेडागाड नगरपालिका २ को वडा कार्यालय नजिक दुर्घटना भएको हो ।
दुर्घटनामा छेडागाड नपा १ साल्मा निवासी खडग रोकाय, १८ वर्षका चक्र बुढा, २० वर्षका निमबहादुर रावत, रत्नबहादुर रोकाय, २२ वर्षका सुरेन्द्र बुढा, २५ वर्षका चालक कृष्णबहादुर बुढा रहेको प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये तीन जनाको अवस्था गम्भीर छ ।