जुम्लामा पहिलो पटक पत्रकार लेखन वृद्धि पुरस्कार कोष स्थापना

जुम्ला। जुम्ला जिल्लामा पहिलो पटक पत्रकार लेखन वृद्धि तथा महासंघमा योगदान पुर्‍याउने पत्रकार तथा कर्मचारीका लागि पुरस्कार कोष स्थापाना गरिएको छ । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले आफ्नो ३९‌औँ जन्म दिनको अवसरमा लेखनमा योगदान पुर्‍याउने पत्रकार तथा कर्मचारीका लागि पुरस्कार कोष स्थापाना गरेका हुन् ।

जन्म दिन मनाउने बहानामा तडक भडक नगरी ,फजुल खर्च गर्ने परिपाटीको अन्य गर्ने प्रयासस्वरुप कोष स्थापना गरिएको उनले बताए । अध्यक्ष शाहीले आफ्नो जन्मोत्सवका अवसरमा ११ हजार रुपैयाँ जम्मा गरी पुरस्कार कोष स्थापना गरेका हुन । अध्यक्ष शाहीले जन्मदिनमा केक काट्नु भन्दा सबै पत्रकार साथीहरुले जति सकिन्छ केही रकम कोषमा जम्मा गर्न अनुरोध गरेका छन् ।

धेरै पत्रकार साथीहरुको लेखन बृद्धि गर्ने हेतुले कोष स्थापना गरेको उनको भनाइ छ । अध्यक्ष शाहीले चेक नेपाल पत्रकार महासंघका सचिब मानदत्त रावललाई हस्तानतरण गरिएको छ । त्यस्तै, उक्त चेक ग्रहण गर्दै सचिब रावलले रकम सानो भए पनि यसको महत्व ठूलो रहेको बताए ।