कम्बोडियाको तटमा डुंगा पल्टिदा २० चिनियाँ बेपत्ता

  ।   ८ आश्विन २०७९, शनिबार ०८:११

कम्बोडिया । कम्बोडियाको तटमा एउटा डुंगा पल्टिँदा २० भन्दा बढी चिनियाँ नागरिक बेपत्ता भएका छन् । ४१ जना चिनियाँ नागरिक बोकेको डुंगा बिहीबार सिहानोकभिलमा समस्यामा परेको प्रान्तीय प्रवक्ता खेआङ फेरोमले बताएको समाचार संस्था एएफपीले जनाएको छ । डुंगामा सवार सवार १८ जनालाई मात्रै उद्धार गरिएको उनले जानकारी दिए । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सिहानोकभिलको एक समय शान्त माछा मार्ने गाउँ हालैका दिनमा चिनियाँ लगानीमा दर्जनौं क्यासिनोहरू खुलेका छन् । तर त्यहाँ चिनियाँ कामदारहरूलाई अवैध रूपमा सहरमा काम गर्नको लागि तस्करी वा बेचबिखन गरिएको रिपोर्ट सार्वजनिक भएका छन् ।

Next Post

अस्ट्रेलियामाथि भारतको सानदार जित

८ आश्विन २०७९, शनिबार ०८:११
काठमाडौं । दोस्रो टी,२० खेलमा अस्ट्रेलियालाई ६ विकेटले हराएसँगै भारतले तीन टी–२० आइमा १–१ को बराबरी गरेको छ । नागपुरमा शुक्रबार राति वर्षाले खेल प्रभावित हुँदा ८ ओभरको खेलाइएको थियो । ९१ रनको लक्ष्य पछ्याएको भारतले ७.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।भारतका कप्तान रोहित शर्माले सर्वाधिक ४६ रन बनाए […]