एमाले नेता नेपालीले दैलेख–१ मा बागी उम्मेदवारी दर्ता गराए

दैलेख ।नेकपा एमालेका नेता गोपाल नेपालीले दैलेख क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाको लागि बागी उम्मेदवारी दर्ता गराएका छन्। नेपालीले एमाले उम्मेदवार रवीन्द्रराज शर्माविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका हुन्।

एमालेको केन्द्रीय सल्लाहकार परिषद् सदस्यसमेत रहेका नेपालीले दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा रहेको निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका छन्।