भूकम्पमा परि घाईते दुई जनालाई उपचारका लागि धनगढी रिफर

डोटी । भूकम्पमा परि घाईते भएका दुई जनालाई जिल्ला अस्पताल डोटीले धनगढी रिफर गरेको छ । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी लगिएको हो ।

पूर्वीचौकी गाउँपालिका–३ की ४० बर्षीया चना बोहरा र ५० वर्षीया बिष्ना बोहरालाई रिफर गरिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा: निराजन श्रेष्ठले जानकारी दिए ।