निर्वाचनमा एमालेले बहुमत ल्याउँछ र आफ्नो सरकार बनाउँछ; ओली

सुर्खेत । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेले बहुमत ल्याएर सरकार बनाउने दाबी गरेका छन् । आइतबार सुर्खेतमा भएको पार्टीको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको निर्वाचनमा एमालेलाई हराउनका लागि देशी–विदेशी प्रतिक्रियावादीहरू मिलेर घेराबन्दी गर्न खोजिरहेकोे बताए ।


यस्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई एमालेमै फर्किन आग्रह गरेका छन् । ‘पहिले गरेका गल्ती सच्याएर एमालेमै आउनुस्, हामी ती गल्ती बिर्सिएर महत्वपूर्ण जिम्मेवारी दिन्छौं,’ ओलीले भने । गठबन्धन गरेका दलहरू राजनीतिका बिचौलिया भएकोले जनताले उनीहरूलाई मत नदिने बताए ।

उनले देशमा भएका अधिकांश कामहरू एमालेको नेतृत्वमा भएको दाबी गर्दै गठबन्धन गरेका दलहरूले घोषणापत्र ल्याएर जनतालाई अलमल्याउन खोजेको आरोप लगाए ।

यदि उनीहरूले जितेर सरकार बनाउने हो भने कसको घोषणा पत्र लागु हुन्छ?,’ ओलीले भने, ‘उनीहरूको बोलीमा पनि एकरूपता छैन, घोषणा पत्रमा भएका कार्यक्रम लागु गर्नका लागि होइन, जनता अलमल्याउनका लागि हो ।

अध्यक्ष ओलीले आइतबार कालीकोट र दैलेखमा भएका आमसभालाई पनि सम्बोधन गरेका छन्।