कर्णालीमा १४ हजार सुरक्षाकर्मी परिचालन

सुर्खेत । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कर्णाली प्रदेशभर १४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। मंसिर ४ गते हुने निर्वाचनलाई दृष्टिगत गर्दै प्रदेशमा १४ हजार ८०७ सुरक्षा जनशक्ति परिचालन भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

वरिष्ठ प्रहरी उपरीक्षक एवं प्रवक्ता माधवप्रसाद श्रेष्ठका अनुसार मतदानस्थलमा पाँच हजार ७२९ जना नेपाल प्रहरी र नौ हजार ७८ जना म्यादी प्रहरी खटाइएको छ।

प्रदेश कमाण्ड पोष्टबाट प्रदेशस्तरीय निर्वाचन सुरक्षा बैठकबाट निर्णय भई हुम्ला, डोल्पालगायतका जिल्लामा हिमपात र भौगोलिक विकटताका कारण निर्वाचनस्थलमा निर्वाचन सामग्री र निर्वाचनपश्चात् मतपेटिका ढुवानीको लागि हेलिकप्टरको व्यवस्था मिलाएको उनले जनाकारी दिए।

कर्णालीमा सुरक्षाका दृष्टिकोणले २०० भन्दा धेरै मतदानस्थल अति संवेदनशील मानिएका छन् । प्रदेशसभार प्रतिनिधिसभाको निर्वाचनका लागि २६७ मतदानस्थल अति संवेदनशील रहेका हुन्।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कर्णालीमा आवश्यक तयारीलाई तीव्र पारिएको छ। प्रदेशका विभिन्न जिल्लास्थित निर्वाचन कार्यालय निर्वाचन पूर्वका काममा जुटेका छन् । कर्णालीमा १० लाखभन्दा बढीमतदाता रहेका छन् ।